कैलालीमा कार्यालय परिसर भित्रै मृत फेला परे सशस्त्र प्रहरी जवान

सशस्त्र प्रहरी जवान मृत अवस्थामा भेटिए

कैलालीमा कार्यालय परिसर भित्रै मृत फेला परे सशस्त्र प्रहरी जवान

धनगढी: कैलालीमा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा भेटिएका छन् । सशस्त्र प्रहरी बल ३४ नम्बर हेडक्वार्टरमा कार्यरत ३१ वर्षीय हरिसकुमार शाहीको कार्यालय परिसरमै शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१ कार्यालय परिसरमा जमेको पानीमा घोप्टो परेको अवस्थामा बुधवार बिहान साढे ५ बजे शाहीको शव फेला परेको थियो । शाहीको स्थायी घर डडेल्धुरा, भागेश्वर गाउँपालिका–१ हो ।

‘घटनाबारे अनुसन्धान भइरहेको छ,’ डिएसपी प्रतीक विष्टले भने । उनका अनुसार शव पोस्टमार्टमका लागि सेती अस्पताल पठाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार