कैलालीमा अवैध रूपमा बालुवा उत्खनन गर्ने ५ ट्याक्टर कारबाहीको दायरामा

कैलालीमा अवैधरुपमा बालुवा उत्खनन्

५ ट्याक्टर कारबाहीको दायरामा

धनगढीः कैलालीमा अवैधरुपमा बालुवा उत्खनन् गर्ने ५ वटा ट्याक्टर कारबाहीमा परेका छन्।

बुधबार करीब २ बजे गोदावरी नगरपालिका वडा नम्बर ५ खुटिया नदिबाट अवैधरुपमा बालुवा उत्खनन् गरी ल्याउदै गरेका ५ वटा ट्याक्टर कारबाहीमा परेका हुन्।

से १ त ४७९९ , से १ त ३७६८ , से १ त ९८८२ , से १ त ६०६१ र भे १ त ४५६२  नम्बरको ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उप–महानगरपालिका वडा नम्बर ७ जोखर ताल एरियामा फेला पारेको प्रहरीले जनाएको छ।

उनीहरुलाई धनगढी उप–महानगरपालिकाको कार्यालयबाट जनही प्रति ट्याक्टर १ हजारका दरले राजश्व जरिवाना काट्न लगाई सम्झाई बुझाई छोडिए प्रहरीले बताएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार