अब सुदूरमै राजपत्र छापिने, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भित्र्यायो मुद्रण मेसिन

सुदूरपश्चिम प्रदेशमै राजपत्र छापिने

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भित्र्यायो मुद्रण मेसिन

धनगढी: अब सुदूरपश्चिम प्रदेशमै राजपत्र छापिने भएका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मुद्रण मेसिन भित्र्याए पछि प्रदेशमै राजपत्र छाप्न सकिने भएको हो ।

यसअघि राजपत्र छाप्न कै लागि अन्य प्रदेश जानु पर्ने बाध्यता रहेको थियो । तर अब मुद्रण मेसिन जडान भएपछि राजपत्र छाप्नकै लागि अन्यत्र धाउनु पर्ने बाध्यताको अन्त्य हुने आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीको स्वकीय सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार