माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै !

नयाँबानेश्वरको बुद्ध नगरस्थित क्वालिटी बैंक्वेटमा बैठक बस्ने

माधवकुमार नेपाल

काठमाडौं: नेकपा एमाले माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । आज विहान साढे ११ बजेपछि नयाँबानेश्वरको बुद्ध नगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु हुने छ ।

बिहीबारको बैठकमा धारणा राखेका एक दर्जन केन्द्रीय सदस्यबाट पार्टी एकता र सत्तारोहणका विषयमा मिश्रित सुझाव आएको छ ।

वरिष्ठ नेता माधव नेपालको सम्बोधन र विघटित कार्यदलका संयोजक भीम रावलको ब्रिफिङपछि केन्द्रीय सदस्यले धारण राख्ने क्रम सुरु भएको थियो ।

आफ्नो धारणा राख्न एक जना केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ । बिहीबारको बैठक ७० जना भन्दा बढी केन्द्रीय सदस्यको उपस्थिति थियो । केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न भन्दै स्थायी कमिटी बैठक बसेपछि दिउँसो ३ बजेपछि मात्र केन्द्रीय कमिटी बैठक सुरु भएको थियो ।

भीम रावलले बैठक छोट्याउन भने पनि केन्द्रीय सदस्य सबैले धारण राख्न पाउनुपर्ने आवाज उठाएका थिए । बैठक केही दिन लम्बिए पनि ठोस निष्कर्षमा पुग्नुपर्ने केन्द्रीय सदस्यहरुको जोड छ ।

कति दिन सत्ता र प्रतिपक्षी जस्तो भएर बस्ने भन्ने भनेर उनीहरुले नेतृत्वप्रति गुनासो गरेका थिए । बैठकबाट पार्टी एकता र आफूले बनाएको सरकार मध्ये एउटा रोज्नुपर्ने केन्द्रीय सदस्यको भनाइ छ ।

स्थायी कमिटीका बहुमत सदस्य एकतामा जोड दिरहेका छन् भने केन्द्रीय कमिटीका सदस्य तथा सांसद बहुमत सदस्य सरकारमा जानुपर्ने पक्षमा खुलेको पाइन्छ । नेपालमाथि निर्णायक निर्णय उठाउन स्थायी कमिटी सदस्य र सांसदको दबाबमा छन् । रातोपाटी

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार