कैलाली प्रहरीद्वारा जुवा खेल्ने खेलाउने ५ जना सार्वजनिक, ५ को खोजी कार्य जारी !

होटल सञ्चालक गरी पाँच जना सार्वजनिक

जुवा खालबाट भागेका जुवाडेसहित जुवा खेलाउने होटल सञ्चालक

धनगढी: धनगढीमा जुवा खालबाट भागेका ३ जना जुवाडेसहित जुवा खेलाउने होटल सञ्चालकलाई कैलाली प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रवार कैलाली प्रहरीले पत्रकार सम्मेलनका आयोजना गर्दै ३ जना जुवाडे र जुवा खेलाउने होटल सञ्चालक गरी पाँच जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीले जुवा खेलाउने होटल सञ्चालक सञ्चालक सुरेन्द्र ऐरी, जुवामा लगानी गर्ने गोदावरी २ बस्ने महेन्द्र भट्टराई, धनगढी २ बस्ने पवन भाट, यस्तै मिलन चोक बस्ने युवराज भण्डारी र गोदावरी २ बस्ने पदम साउदलाई सार्वजनिक गरेको हो । पक्राउ परेका उनीहरूमाथि जुवा शीर्षकमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

गत सोमबार राति धनगढी–३ मिलनचोकस्थित एएफसी होटलबाट ८५ हजार बरामद गरिएको थियो । भने जुवाडेहरू प्रहरीको टोली देख्ना साथ भागेका थिए । साथै जुवा खाल बाटै फरार बाँकी ५ जनाको खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार