जनताको आँसु, गरिब को सराप भयानक अनि दर्दनाक हुन्छ !

पुनः भोट माग्ने दिन टाढा छैन तपाईँहरूको विकल्प सोच्न बाध्य हुनेछौ !

जनताको आँसु, गरिब को सराप भयानक अनि दर्दनाक हुन्छ !

दिलचन्द्र प्रसाद बडू ज्यु दुई पटक मन्त्री हुनुभयो तेस्रो पटक मन्त्री हुने दौड मा हुनुहुन्छ, गणेश सिंह ठगुन्ना ज्यु एक चोटि भएपनी तपाईँले पनि मन्त्री हुने अवसर प्राप्त गर्नुभयो। ३ कार्यकाल बडू जी ले , २ कार्यकाल ठगुन्ना जी ले र १ कार्यकाल लक्ष्मण दत्त जोशी जिले दार्चुला को प्रतिनिधित्व गर्नुभयो तपाईँ तिनै जना जीवितै हुनुहुन्छ । व्यक्तिगत लाभ कति भयो कति लिनुभयो गर्नुभयो म त्यता तिर जान चाहन्न तर तपाइहरू मन्त्री सांसद हुनु दार्चुला जनता का निमित्त “नर शाही राजा भया पन पातै टिप्नु हरि शाही भया पन पातै टिप्नु” भन्ने उखान मात्र सिद्ध भयो ।

विकास गरे भनेर भाषण गर्दा न थाक्ने नेता ज्यु विकास को नाम को अगाडि आफ्नो नाम जोड्न तँछाडमछाड गरेर प्रचार गर्ने नेता ज्यु हरू(विशेष गरेर मन्त्री द्वय) तपाईँको खोक्रो भाषणे विकास को जाल बाट दार्चुला को रक्षा कहिले होला? मन्त्री जस्तो पदमा पुगेर जिल्ला को निमित्त सिन्को भाँच्न नसक्ने भन्दा अति नहोला सानो तिनो काम को लागि मैले गरे भनेर प्रचार मा व्यस्त हुने प्रवृत्ति ले आज जिल्ला का तमाम समस्या यथावत् छन् । मैले यसो भन्दै गर्दा तपाहरूका भक्तहरू म माथि खनिएलान् टुटपर्लान तर यो मन को भावावेग ह्र्यको चीत्कार रक्तमिश्रीत आशु को भेल ले ती सबै निष्काम हुने छन् ।

तपाईँहरूलाई जय सिंह जस्तै हजारौँ हजार जनताहरू ले पटक पटक भोट दिएर सत्ता मा पुगाउँदै गर्दा दार्चुला जनताको वास्तविक जीवन लीला परिवर्तन गर्नु त दूर को कुरा! मात्र दिनुभयो त केवल बेरोजगारी, गरिबी अनि शोषण , बेरोजगारी ले घरमा चुल्हो बाल्न समेत अप्ठ्यारो सामना गर्दै बाबा भनेर रोइ रहेका साना छोराछोरी जहान छाडेर बिदेसिनु पर्ने बाध्यता , छोरा अब त विद्यालय होइन तिमिले मजदुरी गर्न गए हामीलाई पेटभरि खान नभए नि हाम्रो नाङ्गो शरीर ढाकिन्थ्यो भनेर असहाय आमाबुबा आफ्नो ह्र्दय लाई छुरा ले चिरे झैँ रुद्धै भन्न बाध्य कसले गरायो ? आफ्नै जिल्ला सदरमुकाम आउन भारतीय बाटो भएर आउनु पर्ने बाध्यता हेपिएर शोषणको सिकार ज्यान हात मा राखेर तुइन तरेर आउनु पर्ने विवशता यही हो विकास ? के यही विकास हो तपाईँहरूले गरेको?

दार्चुला को मुहार फेर्न त सक्नुभएन तर त्रिदेशीय नाकामा हुने सीमा तस्कर भौगोलिक विवाद जनताको दुर्दशा वाट बेतित दैनिकी लाई सहज गर्न राज्य सङ्ग कूटनैतिक पहल चलाउन सुझाव सम्म दिन सक्नु भएन यही सबै भन्दा ठुलो निरहिता जस्तो लाग्छ !विकास का गति त परै जाओस् आफ्नो सरकार अथवा आफ्नो पार्टी ले नेतृत्व गरिरहेको सरकारले चाहे गलत गरोस् कि सही जस्तो काम गरोस् आफूलाई असल रैती सम्झेर प्रचार गर्ने कार्य निक्कै तीव्र रह्यो कि भन्दा अति नहोला मलाई क्षमा गर्नु होला चुनाव मा जित्नु हार्नु लाई के कला भन्ने मैदानमा लडाई सुरु भए पछि एउटा ले मात्र जित्ने नियम त प्रकृतिको सिद्धान्त नै हो त्यसैले चुनाव जित्दैमा असल राजनीतिज्ञ र सक्षम कुटनैतिज्ञ बनिँदैन सक्षम हुन त हारेर पनि आम जनताले खोजिरहनु यो नेतृत्व बन्न सक्ने कि नसक्ने भन्ने सवाल नेता ज्यु सामु रह्यो ?

हामी तपाइका आधारभूत आवश्यकता पूर्ति गरिदिन्छौ , तुइन विस्थापन गरिदिन्छौ भनेर मास तताएर पटक पटक सत्तामा पुगेर जनता भ्रमित पार्ने काम मात्र किन गर्नुभयो ? हृदय छ आँसु को पीडा न सम्झिने पत्थर का मूर्ति हुनुहुन्न भने एक चोटि सम्झिनुस् तपाईँले गरेका बाचा पूरा नगर्दा घटेको यो घटना को जिम्मेवारी लिन तयार छु भन्न सक्ने हिम्मत गर्न सक्नुहुन्छ ? गर्न सक्नुपर्छ गर्नुपर्छ तपाइहरूले !

जनताको आँसु गरिब को सराप भयानक अनि दर्दनाक हुन्छ चेत खुलोस् । पुनः भोट माग्ने दिन टाढा छैन तपाईँहरूको विकल्प सोच्न बाध्य हुनेछौ । :-प्रकाशित शब्दहरू जोशीका व्यक्तिगत बिचार हुन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार