भारतीय जंगलमा कञ्चनपुरका युवकको शव फेला, दुई जना पक्राउ

ब्रह्मदेवका २० बर्षीय कमल ओडको शव फेला

मृत्यु
प्रतिकारात्मक तस्बिर

कञ्चनपुर: टनकपुरस्थित भारतीय जंगलमा कञ्चनपुरका एक युवकको शव फेला परेको छ। शुक्रबार राति भीमदत्त नगरपालिका ब्रह्मदेवका २० बर्षीय कमल ओडको शव फेला परेको प्रहरीले जनाएको छ।

हत्याको आशंकामा नेपाल प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ९ का गणेश औजी र भीमदत्त नगरपालिका ब्रह्मदेवका २० बर्षीय मनोज भट्ट रहेका छन् ।

भारतीय भूमिमा शव फेला परेको हुँदा शवबारे आवश्यक कानूनी प्रक्रिया एवम् अनुसन्धान भारतीय प्रहरीले नै गर्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार