संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

कांग्रेस नेतृत्वको गठबन्धन सरकार

संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम

कांग्रेस नेतृत्वको गठबन्धन सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ।  आइतबार दिउँसो चार बजे सिंहदरबारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको उपस्थितिमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो।

सत्तारुढ गठबन्धनले गठन गरेको सात सदस्यीय कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि दुई दिनअघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको थियो।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले दुई साता लगाएर साझा कार्यक्रम र कार्यविधि तयार गरेको थियो। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आइतबार प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो।

‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकता समावेश गरिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार