वडाअध्यक्ष सहित कैलालीमा २ जना पक्राउ !

हातहतियार सहित कैलालीमा दुईजना पक्राउ

हातहतियार सहित कैलालीमा दुईजना पक्राउ

धनगढी: हतियारसहित कैलाली जिल्लाको कैलारी गाउँपालिका-९ का वडाध्यक्ष खेमराज चौधरीसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी गस्ती टोलीले गौरीगंगा नगरपालिका-९, शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको अवस्थामा सोमबार राति पक्राउ गरेको हो ।

५३ वर्षीय वडाध्यक्ष चौधरीसँगै पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-२ का ४६ वर्षीय मोहितकुमार शाह रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार शाहले चलाइरहेको बा १७ च १३१२ नम्बरको जीपलाई चेकजाँच गर्ने क्रममा जीपभित्र लुकाई राखिएको अवस्थामा बाह्रबोर १, त्यसको कार्टिज १ र पोइन्ट टु-टु १ थान, त्यसको गोली १० राउण्डसमेत फेला पारी बरामद गरिएको हो ।

जीपमा धनगढी उपमहानगरपालिका-१ का ४६ वर्षीय रुपक मल्ल र कैलारी गाउँपालिका-९ बस्ने वर्ष ३३ का योगेन्द्रबहादुर देउवा पनि सवार रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा १२ बोर र त्यसको कार्टिज वडाध्यक्ष चौधरीको र  पोइन्ट टु-टु र त्यसको गोली शाहको रहेको खुल्न आएको बताइएको छ ।

चौधरी र शाह दुवैलाई पक्राउ गरी हातहतियार खरखजाना शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि वडाध्यक्ष चौधरी वन तथा वन्यजन्तुसम्बन्धी मुद्दामा मुछिएका थिए । वनसम्बन्धी मुद्दामा उनी महिनौं दिनसम्म फरार थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार