सरकारको साझा कार्यक्रममा एमसीसी खोज्दै ओलीले भने, ‘लिपुलेक र लिम्पियाधुरा हाम्रो पवित्र भूभाग हो’

लिपुलेक र लिम्पियाधुरलाई 'समस्या' लेखिएकोमा आपत्ति

नेता केपी शर्मा ओली

काठमाडौँ : प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा समस्या नभएर नेपालको पवित्र भू-भाग भएको बताएका छन् ।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा लिपुलेक र लिम्पियाधुरलाई ‘समस्या’ लेखिएको भन्दै उनले आपत्ति जनाएका हुन् । उनले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा भूमि फिर्ता सम्बन्धी स्पष्ट कुरा गर्न सुझाव दिए ।

ओलीले भने,’संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा लिपुलेक र लिम्पियाधुरालाई समस्या भन्नुभएको छ । यो समस्या नभएर नेपालको पवित्र भू-भाग हो ।’

उनले प्रधानमन्त्री देउवालाई लिम्पियाधुरा कालापानी फिर्ता ल्याउँछु भनेर किन भन्न नसकेको भन्दै प्रश्‍न गरे ।

‘लिम्पियाधुरा कालापानी, लिपुकुल समस्या हो । हाम्रो पवित्र अभिन्न भू-भाग हो,’ उनले भने,’यो समस्या हो ? यो समस्या हो भने त छोडिदियो भने त समस्या समाधान होला नी ? हाम्रो भूमि हामी फिर्ता लिन्छौं भन्नुपर्छ कि ? यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ? ‘

साथै,ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीको विषय कहाँ छ भन्दै खोजी गरेका छन् । प्रतिनिधिसभा बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले केपी ओलीलाई देखाएर एमसीसी पास गर्ने वातावरण बनाउन खोज्ने भन्दै कटाक्ष समेत गरे ।

‘साझा कार्यक्रममा साना र मसिना कुरा मात्रै छ, पहिले तपाईंहरुले नै एमसीसी गर्नुभएजस्तो लाग्थ्यो, तपाईंहरुले’, ओलीले एमसीसी साझा कार्यक्रममा नभएको प्रति व्यङ्ग्य गर्दै भने, ‘एमसीसीको बारेमा त केही पनि छैन, एमसीसी बिर्सिनु भयो कि के हो । मैले त देखिन कतै । अनि केपी ओलीले कतै एमसीसी पास गर्नुपर्छ भनेको क्लिप खोजेर वातावरण बनाउन खोज्नुहुन्छ ?’

उनले एमसीसीबारे नेपाली जनताले जान्न चाहेको भन्दै यसबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने उनले बताए ।

उनले संयुक्त सरकारको साझा कार्यक्रममा विभिन्न अनुहार देखिए पनि काँग्रेसको अनुहार भने नदेखिएको टिप्पणी गरे । ‘अचम्म लाग्छ, नेपाली काँग्रेसको अनुहार कतै छैन। नीतिमा छैन, कार्यक्रममा छैन, केहीमा पनि छैन ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार