विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलवाड नगर्न प्रधानमन्त्रीलाई गगन थापाको आग्रह

Gagan THapa

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलवाड नगर्न सुझाव दिएका छन् ।

“वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेका एउटै हलमा धेरै विद्यार्थी राख्दा हुने संक्रमणको जोखिम त छ नै संक्रमितलाई समेत छुट्टै व्यवस्था नहुँदा उनीहरु आफ्नो अवस्था लुकाइ परीक्षा दिन बाध्य छन् । एकातिर स्वास्थ्य मन्त्रालयले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने ? कि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ ! तर, विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलवाड नगर । यसबारेमा हिजो साँझ प्रधानमन्त्रीज्यूलाई भेटेरै ध्यानाकर्षण गराएको छु । उहाँले यो विषयलाई गम्भिरताका साथ लिनुभएको छ र तत्काल पहलकदमी लिई ठोस निर्णय लिने कुराको विश्वास दिलाउनुभएको छ,” थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार