नियुक्तिपत्र लिएलगत्तै कुलमानले गरे पदभार ग्रहण !

कार्यालय पुगेर उनले पदभार ग्रहण

नियुक्तिपत्र लिएलगत्तै कुलमानले गरे पदभार ग्रहण

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । आज रत्नपार्कस्थित कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

यसअघि, आजै उनले नियुक्तिपत्र बुझेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीबाट उनले नियुक्तिपत्र लिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । प्राधिकरणमा कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गरिएको बताइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार