महाकाली तुइन प्रकरण बारे गठित छानबिन टोलीद्धारा मुख्यमन्त्री र कानूनमन्त्री बिच छलफल

दार्चुला तुइन घटना छानबिन गर्न गठन गरिएको टोली धनगढीमा

महाकाली तुइन प्रकरण

धनगढी: दार्चुला तुइन घटना छानबिन गर्न गठन गरिएको टोली धनगढी पुगेको छ । भारतीय एसएसबीले तुइनको डोरी काटिदिएपछि जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिनका लागि गठित टोली धनगढी पुगेको हो ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोलीले बुधबार बिहान प्रदेश राजधानी धनगढी पुगेर सुदूरपश्चिम मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीसँग भेटघाट गरेको छ । सो क्रममा छानबिन टोलीले दार्चुलामा रहेर गरेका कामको बारेमा समेत मुख्यमन्त्री भट्ट र कानूनमन्त्री जोशीलाई जानकारी गराएको छ ।

दार्चुलाबाट मंगलबार फर्किएको टोलीले महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गरेको थियो। सरकारले छानबिन समितिलाई सुरुमा १० दिनभित्र प्रतिवेदन बुझाउन समय दिएकोमा सात दिन म्याद थप गरेको छ।

सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य रहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार