नेपाली सेनाको गाडीको ठक्कर बाट कैलालीमा एक किशोरीको ज्यान गयो !

घाईतेहरुको उपचार हुँदै

कैलालीमा नेपाली सेनाको गाडीले ठक्कर दिँदा एक किशोरीको मृत्यु

धनगढी: कैलालीमा नेपाली सेनाको गाडीले ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तरगत जिल्लाको गोदावरी नगरपालिका–८ स्याउले बजारमा सेनाको गाडीले ठक्कर दिँदा घाइते भएका तीन जनामध्ये एक किशोरीको मृत्यु भएको हो।

धनगढी उपमहानगरपालिका–११ की १५ वर्षीया विद्या रानाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए ।

यस्तै दुर्घटनामा घाइते भएका धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाइका १७ वर्षीय कृष बम र वडा नम्बर ३ का ३४ वर्षीय उमेश कार्कीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार