गेटा मेडिकल कलेज सुप विश्वविद्यालय मातहत ल्याउन ८ विद्यार्थी सङ्गठनको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कञ्चनपुरका विद्यार्थी संगठनद्धारा गेटा मेडिकल कलेजलाई सुप विश्वविद्यालय मातहत ल्याउन माग

कञ्चनपुरका विद्यार्थी संगठनद्धारा गेटा मेडिकल कलेजलाई सुप विश्वविद्यालय मातहत ल्याउन माग

धनगढी: कैलालीको गेटामा निर्माणाधीन अवस्थामा रहेको गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याउन माग गरिएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै विभिन्न आठ विद्यार्थी सङ्गठनले मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याएर सञ्चालन गर्न माग गरेका हुन् ।

No description available.

गेटालाई मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा सञ्चालन गर्ने भन्ने बहस चलिरहेका बेला विद्यार्थी सङ्गठनहरूले भने मेडिकल कलेजलाई विश्वविद्यालय मातहत ल्याउन माग गरेका छन् । शिक्षाको क्षेत्र फराकिलो बनाउन नसकिने प्रतिष्ठान जस्तो पुरानो प्रणालीमा नलगेर मेडिकल कलेजकै रूपमा सञ्चालन गर्नुपर्ने उनीहरूको आग्रह छ ।

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेमा नेकपा एमाले निकट अनेरास्ववियू, नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा विप्लव निकट अनेरास्ववियू क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँ, राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन र वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन छन् ।

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार