कैलालीको गोदावरीमा ट्रक दुर्घटना, चालक गम्भीर घाइते

गोदावरीमा ट्रक दुर्घटना

सडक दुर्घटना
सांकेतिक तस्विर

धनगढी : कैलालीको गोदावरीमा ट्रक दुर्घटना भएको छ। दुर्घटनामा परी ट्रक चालक गम्भीर घाइते भएका छन्।

धनगढीबाट डडेल्धुरातर्फ गइरहेको ट्रक करीब ८ बजे गोदावरीको पुल नजिक दुर्घटना भएको हो। चालक बैतडीको सिगास गाउँपालिका – ९ का ३५ बर्षीय रामसिह महरा घाइते भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। सह-चालक बैलडीको र्सुनाया गाउँपालिका ५ का पंकज मडै भने सकुसल रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार