आफ्नै विश्व विद्यालय बनाएर सुदूरलाई आवश्यक पर्ने शिक्षा दिन्छौँ: मन्त्री खड्का

युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउन प्रदेश युवा परिषद् सुदूरपश्चिमले विभिन्न कार्यक्रम सञ्चालन गर्ने

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का

धनगढी: प्रदेश युवा परिषद् सुदूरपश्चिम प्रदेशले सुदूरका युवाहरूलाई स्वदेशमै स्वरोजगार तथा रोजगार बनाउनलाई विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । शुक्रवार धनगढी स्थित होटेल फ्लेरामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवाको क्षेत्रमा क्रियाशील गैर सरकारी संस्थाहरू को सहयोग तथा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, युवा परिषद् सुदूरपश्चिम प्रदेशद्वारा आयोजित ‘युवा स्वरोजगार तथा प्रतिभा पलायन’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजन गर्दै सो बारे जानकारी गराएको हो ।

कार्यक्रममा युवाको परिभाषा, नेपालमा युवाको वर्तमान अवस्था, सुदूरपश्चिम प्रदेशमा युवाहरूको शैक्षिक अवस्था, युवाहरूको पेसा अनुसार रोजगारको अवस्था, लिङ्ग तथा प्रदेश अनुसार प्रवासीको अवस्था, विदेशमा मृत्यु तथा विदेशमा मृत्युको कारण, बेरोजगारीको अवस्था, युवाहरूको सिप विकासको लागी भएका व्यवस्थाहरू, यूथ भिजन २०२५ लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ ।

यसै गरी, युवा स्वरोजगार हुन नसक्नु र प्रतिभा पलायन हुनका मुख्य कारणहरू, युवा स्वरोजगार तथा प्रतिभा पलायन रोकथामका उपायहरू, प्रदेश सरकारको लक्ष्य नीति, प्रदेश सरकार द्वारा युवाका क्षेत्रमा संस्थागत विकास, यस प्रदेशमा युवाहरूका सम्भावना र अवसरहरू, सामाजिक विकास मन्त्रालय तथा प्रदेश युवा परिषद् आर्थिक वर्ष २०७८÷२०७९ को कार्यक्रम लगायतका विषमा पनि छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशकी सामाजिक विकाश राज्यमन्त्री मना कुमारी साउँदले युवा परिषद्ले युवाहरूको अवस्थाका बारेमा प्रस्ट झल्काई दिएकोमा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरलाई धन्यवाद दिँदै कार्यक्रममा महिलाहरूको सहभागिता कमी रहेको औँल्याउनु भयो ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले सुझाव र सल्लाहको लागी सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै शिक्षा क्षेत्रमा आफ्नै विश्व विद्यालय बनाएर सुदूरलाई आवश्यक पर्ने शिक्षा दिने व्यवस्था मिलाउनुका साथै हालको चुनौती को रूपमा रहेको कोरोना भाइरसको तेस्रो भेरियन्ट विरुद्ध लड्न प्रदेश सरकारका विभिन्न निकायहरूलाई आवश्यकताअनुसार परिचालित गरेको बताउनुभयो ।

साथै, युवा स्वरोजगार तथा प्रतिभा पलायन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरले युवा परिषद्लाई जागरूक गर्ने र युवाको विदेश पलायन, युवाहरू लाई चौकीदार हुनबाट जोगाउने जिम्मेवारी दिएकोमा प्रदेश सरकार लाई धन्यवाद ज्ञापन गर्नुका साथै आफूहरूको टिमलाई दिइएको जिम्मेवारीमा खरो रूपमा उत्रिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार