नेपाल टेलिकमको नाफा २३.५४ प्रतिशत घट्यो

बिक्री आम्दानी कति ?

नेपाल टेलिकम

नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार कम्पनीले गत असार मसान्तसम्ममा ७ अर्ब ४५ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.५४ प्रतिशत कम हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ थियो। बिक्री आम्दानी बढेपनि अन्य आम्दानी घटेको कारण खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३.७१ प्रतिशत बढेको छ भने अन्य आम्दानी ३१।४६ प्रतिशत घटेको छ । जसले गर्दा कम्पनीको कुल आम्दानी ३.१४ प्रतिशत घट्न पुगेको छ । समीक्षा अवधिमा कम्पनीको जगेडा कोष भने ६.२० प्रतिशत बढेको छ ।

कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ६४ रुपैयाँ ९९ पैसा रहेको कम्पनीको यस्तो आम्दानी गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४९ रुपैयाँ ६९ पैसामा झरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार