माओवादी बैठक : पार्टीको नाम परिवर्तन गर्ने लगायतका एजेण्डा

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दैछ । माओवादी केन्द्रको शुक्रवार स्थायी समितिको बैठक बसेको थियो । शनिवार बस्ने केन्द्रिय समितिको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजबाट सुरु हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

शुक्रवार बसेको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले तत्काल मन्त्रिमण्डल विस्तार हुने सम्भावना कम भएको बताएका थिए । त्यसका साथै उनले बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने र सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरुको मोर्चा बनाउन पहल गर्नुपर्ने धारणा राखेका थिए ।

प्रचण्डको राजनीतिक प्रतिवेदनमा गणतन्त्र र संविधानका लागी सबैभन्दा बढी खतरा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट भएको ठहर गरिएको छ । उनको प्रतिवेदन नेपाली कांग्रेसप्रति भने नरम देखिएको छ । तर,अन्य राजनीतिक दलहरुसंग सहकार्य गर्नेमा उनको मुख्य जोड छ ।

शुक्रबार पार्टी स्थायी समिति बैठकमा बोल्दै दाहालले बाम–लोकतान्त्रिक सरकारलाई सफल बनाउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । आजको बैठकमा माओवादी केन्द्रको विधानबारे समेत छलफल हुनेछ ।

माओवादी केन्द्रले आगामी मंसिरमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । दाहालको राजनीतिक प्रतिवेदनमा समेत त्यो विषय उल्लेख छ । केन्द्रीय समितिको बैठकबाट विधान र राजनीतिक प्रतिवेदन पारित गर्ने तयारी माओवादीले गरेको छ ।

बैठकमा पार्टीलाई वडा तहसम्म लैजाने गरी संगठनात्मक कार्यविभाजन गरेको अध्यक्ष दाहालले तयार पारेको प्रतिवेदन समेत पेश हुनेछ । प्रचण्डले नेताहरुको कार्यविभाजन गरेर फिल्डमा पठाउने तयारी गरेका छन् । माओवादीमा हाल केन्द्रीय सदस्यको संख्या १ सय ८४ जनाको छ ।

तर, विधानमा भने २ सय १५ जना बनाउने उल्लेख छ । आजको बैठकले केन्द्रीय सदस्य भने थप्ने सम्भावना कम छ । बैठकमा माओवादी केन्द्रको नाम परिवर्तनबारे समेत छलफल हुने नेता हरिबोल गजुरेलले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार