लम्कीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

उपचारका क्रममा चालकको मृत्यु

मृत्यु
प्रतिकारात्मक तस्बिर
प्रकाशित : :

धनगढीः कैलालीको लम्कीमा स्कुटर दुर्घटना भएको छ । लम्कीचुहा नगरपालिकाको वडा नं ६ मा सु प प्र ००१ –००८ प १७८० नम्बरको स्कुटर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका १९ वर्षीय गोपाल चौधरी रहेको प्रहरीले जनाएको छ ।

स्कुटर गएराति १० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार