अछाममा डोजर दुर्घटना हुँदा चालकको मृत्यु

अछाममा डोजर दुर्घटना हुँदा चालकको मृत्यु

अछाम: अछाममा डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  सोमबार जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित डोजर दुर्घटना हुँदा चालक डोटी शिखर नगरपालिका–२ का २८ वर्षीय किरण बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

कच्ची सडक सफा गर्न गएको डोजर दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले बताए। सडकबाट दुई सय ५० मिटर तल खसेको उनले बताए। दुर्घटना सम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार