माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

अध्यक्ष दाहालको प्रस्ताव माथि छलफल हुने

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक

काठमाडौं: नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आइतबार पनि बस्दैछ ।

शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकले आज पनि निरन्तरता पाउन लागेको हो । आजका बैठकमा अध्यक्ष पुष्पकमल दाहालले शनिबारको बैठकमा पेश गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल हुने कार्यतालिका रहेको छ । छलफलपछि केन्द्रीय सदस्यहरुको सुझावलाई समेटेर प्रस्ताव पारित गर्ने र पार्टीको सांगठनिक संरचना तथा राष्ट्रिय सम्मेलनको विषयमा समेत निर्णय गर्ने तयारी गरिएको छ ।

शनिबारको बैठकमा अध्यक्ष दाहालले पुसको दोश्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राखेका थिए । त्यसैगरी दाहालले पेश गरेको प्रतिवेदनमा आगामी निर्वाचनसम्म गठबन्धनलाई कायम राख्ने उल्लेख गरिएको थियो ।

त्यसैगरी नेपाली जनताको त्याग तपस्याबाट प्राप्त संविधानको रक्षा गर्ने, लोकतन्त्रलाई संस्थागत गर्ने, संघीयताको पूर्ण कार्यान्वयन गर्ने, प्रतिगमूनलाई पूर्ण रुपले परास्त गर्ने राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै देशलाई संवैधानिक एवं लोतान्त्रिक बाटोमा हिँडाउने जिम्मेवारी गठबन्धनको सरकारको रहेको दाहालले लेखेका छन् ।

जनतालाई कोभिड महामारीबाट मुक्त गर्नु र महामारीले थला परेको अर्थतन्त्रलाई पुनरुद्धार गर्दै जनताको जीवनस्तरमा सुधार ल्याउन अहिलेको गठबन्धनको महत्वपूर्ण कार्यभार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसका साथै दाहालले असोज १० गते सेल र टोल सम्मेलन सम्पन्न गर्ने, असोज २० गते वडा सम्मेलन, ३० गते गाउँपािलका र नगरपालिका सम्मेलन, कार्तिक ३० गते जिल्ला सम्मेलन, मसिंर १५ गते प्रदेश सम्मेलन र पुस ११ , १२ र १३ गते राष्ट्रिय सम्मेलन आयोजना गर्ने प्रस्ताव दाहालले बैठकमा प्रस्तुत गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार