पछिल्लो २४ घण्टामा विश्वमा थप ४ लाख ६७ हजार बढिमा कोरोना पुष्टि

विश्वमा कोरोना संक्रमितको कुल संख्या २० करोड बढी

कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा विश्वमा थप ४ लाख ६७ हजार २९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वल्डोमिटर्सका अनुसार बितेको २४ घण्टामा सबैभन्दा बढी संक्रमित इरानमा ३६ हजार ७३६ जना थपिएका छन् ।

सोही अवधिमा भारतमा ३३ हजार २२१, अमेरिकामा ३० हजार ८८३ जना संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या २० करोड ७९ लाख ४५ हजार ९७२ जना पुगेको छ।

साथै कोरोना भाइरस संक्रमणका कारण विश्वमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८१ जनाको मृत्यु भएको छ । तथ्याङ्क अनुसार पतिल्लो २४ घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार २२२ जनाको मृत्यु भएको छ ।

रुसमा ८१६, मेक्सिकोमा ७५३, भारतमा ४२१ र ब्राजिलमा ३८५ जनाको मृत्यु भएको छ । यो सँगै विश्वमा कोरोनाका कारण हालसम्म मृत्यु हेनेको सँख्या ४३ लाख ७४ हजार २५३ पुगेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार