सुदूरपश्चिममा जेठो पर्व ‘ओल्के’ हर्षोल्लासका साथ मनाइँदै !

हरेक वर्ष भदौ १ गते मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ !

वल्के पर्वको शुभकामना

धनगढीः सुदूरपश्चिम प्रदेशमा परम्परागत रूपमा मनाइने मौलिक चाड ‘वल्के’ आज हर्षोल्लासपूर्वक मनाइँदै छ । हरेक वर्ष भदौ १ गते मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । यो पर्वमा आफ्ना मान्यजन छरछिमेकीलाई सगुनका रूपमा पिँडालुको कलिलो पात, दूध, दही दिएर स्वागत गर्ने गरिन्छ ।

यसैगरी विवाहिता छोरीलाई माइतीघरमा ल्याई लाउन (सेल), बावर(पुरी), माणा, निसौसे, डुब्कालगायतका स्थानीय खानाका मीठामीठा परिकार पकाएर खुवाउने र खाने प्रचलन छ ।

बर्सादको मौसममा खेतबारीमा कामगर्दा हात र खुट्टामा देखिने छाला सम्बन्धी रोगको सङ्क्रमणबाट बच्न भन्दै भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाउने गरिन्छ ।

यसरी भँगेरी फूलको लेदोबाट हत्केला र खुट्टाको औँलामा लगाउदा छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहि आएको छ । कोभिड-१९ को जोखिम कायम रहेकाले भिडभाड नगरी पर्व मनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार