सुदूरपश्चिम प्रदेश सरकारले बाल अधिकार सम्बन्धी नियमावली र कार्यविधि तयार गर्ने

प्रदेश सरकारले चाँडै बाल अधिकार सम्बन्धी आवश्यक पर्ने नियमावली र कार्यविधि तयार गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले बाल अधिकार सम्बन्धी नियमावली र कार्यविधि तयार गर्ने

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले चाँडै बाल अधिकार सम्बन्धी आवश्यक पर्ने नियमावली र कार्यविधि तयार गर्ने भएको छ ।

धनगढीमा सोमबार भएको प्रदेश स्तरीय बाल सहभागिता सम्बन्धी कार्यविधि अन्तरक्रिया तथा सुझाव सङ्कलन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री लालबहादुर खड्काले असोजसम्म आवश्यक पर्ने नियमावली र कार्यविधि बनाइसक्ने बताए । प्रदेश सरकारले यसअघि नै ऐन बनाइसकेको छ ।

मन्त्री खड्काले कोभिडको आउँदो लहरबाट बालबालिका धेरै प्रभावित हुने भएकोले सबै पक्षलाई सचेत रहन आग्रह गरे । सो कार्यक्रममा विभिन्न सङ्घ, संस्था र बालक्लवका अगुवाहरूको सहभागिता थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार