प्रधानमन्त्री देउवासँगको छलफलपछि डा. केसीले गरे अनशन स्थगित

डा. केसीको अनशन तत्कालका लागि स्थगित

प्रधानमन्त्री देउवासँगको छलफलपछि डा. केसीले गरे अनशन स्थगित

काठमाडौँ: चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले भदौ ३ गतेदेखि सुरु गर्ने भनेको अनशन तत्कालका लागि स्थगित गरेका छन्।

मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलपछि डा. केसी अनशनको कार्यक्रम तत्कालका लागि स्थगित गर्न सहमत भएका हुन्।

छलफलमा प्रधानमन्त्री देउवाले आफ्ना माग पूरा गर्न प्रतिवद्धता जनाएको हुँदा हालका लागि सत्याग्रहको कार्यक्रम स्थगित गरिएको डा. केसीले जनाएका छन्।

डा. केसीले पाँच बुँदे माग राख्दै भदौ ३ गतेदेखि अनशन थाल्ने घोषणा गरेका थिए। त्यसको दुई दिनअघि प्रधानमन्त्री देउवाले मंगलबार उनलाई बालुवाटार बोलाएर छलफल गरेका हुन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार