दवाडी र पन्त नेपाल फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा मनोनीत !

दवाडी र पन्त फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा मनोनीत

धनगढी: नेपाल फोटो पत्रकार महासंघ कैलालीको मङ्गलवार बसेको बैठकले दुई जना नयाँ सदस्य मनोनीत गरेको छ । महासङ्घका अध्यक्ष पाण्डव पुजाराको अध्यक्षतामा बसेको बैठकले पत्रकार झलक दवाडी र अनिल पन्त लाई सदस्यमा मनोनीत गरेको हो ।

सदस्यमा मनोनीत दवाडी फूलबारी खबरका सह सम्पादक हुन भने पन्त टिभी टुँडे सुदूरपश्चिम प्रदेश ब्युरो संयोजकका रूपमा काम गर्दै आएका छन् ।

यस्तै महासंघको आज बसेको बैठकले फोटो पत्रकारहरूलाई तालिमको व्यवस्था गर्ने, कैलाली जिल्लामा बृहत् फोटो प्रदर्शनी गर्ने लगायतका निर्णय गरेको छ । बैठकमा फोटो पत्रकार महासङ्घका सल्लाहकार तथा प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा र पत्रकार महासंघ बझाङका सचिव ललित सिंहको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार