देशका धेरै ठाउँमा वर्षा, सतर्क रहन महाशाखाको आग्रह !

मौसम पूर्वानुमान
सांकेतिक तस्बिर

काठमाडौं: आज बुधबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना छ ।

आज राति १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।

अहिले देशभर बदली रही केही स्थानमा वर्षा भइरहेको छ । बिहीबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

बिहीबार राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।

त्यस्तै शुक्रबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुनेछ । प्रदेश १ का केही स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । जसका कारण पहिरो तथा गेग्रान बहाव एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाको आग्रह छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार