नेता नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय समितिमा सुदूरका ७ जना !

नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

नेता नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय समितिमा सुदूरका ७ जना

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ ।

चुनाव चिन्ह खुल्ला किताब प्रस्ताव गरिएपनि अर्कै पार्टीसँग जुधेकाले हाललाई कुनै निर्णय भएको छैन । नयाँ पार्टीमा नेता नेपाल नै अध्यक्ष रहेका छन् भने झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् ।

नयाँ पार्टीमा ९५ जना केन्द्रीय सदस्य रहेका छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु रहेको बताए ।

यस्तै एमाले समाजवादीको केन्द्रीय समितिमा सुदूरपश्चिमका २ सांसद प्रेम आले र निरादेवी जैरुसहित ७ जना परेका छन्। सासंदबाहेक मदन कुमारी शाह (गरिमा), माया भट्ट, पूर्णा जोशी, उर्वादत्त पन्त र भानुभक्त जोशी नेकपा एमाले समाजवादीको केन्द्रीय समिति सदस्य रहेका छन्। यद्धपी भानुभक्त जोशीले आफूमाधव नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजबादी) पार्टीमा नरहेको बताएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार