आजको मौसम, यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह

मौसम पूर्वानुमान
सांकेतिक तस्बिर

काठमाडौं: यतिखेर बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार गण्डकी प्रदेशमा सामान्य बदली छ भने अन्य प्रदेशमा आंशिकदेखि र सामान्य बदली रहेको छ ।

महाशाखाले जनाएअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको छ ।

राति भने देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १, प्रदेश नं २, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित ठूलो वर्षा हुनसक्ने हाशाखाको पूर्वानुमान छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना छ ।

नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार