कैलाली प्रहरी प्रमुख अधिकारीको कमान्डमा धनगढीमा ‘तपाईँको मास्क खै?’ अभियान (फोटो समाचार)

सार्वजनिक स्थानमा मास्क नगाइएको पाइएमा कारबाही समेत गरिने !

धनगढीमा 'तपाईँको मास्क खै ?' अभियान

धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीको कमान्डमा धनगढीमा तपाईँको मास्क खै अभियान सञ्चालन गरिएको छ ।

बिहीबार बिहान ८ः३० बजेको समयमा धनगढी ०२ स्थित ट्राफिक चौराहामा जिल्ला प्रहरी कार्यालय कैलाली, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको संयुक्त आयोजना र धनगढी उप-महानगरपालिका को सहकार्यमा नेपाल सरकारले लागु गरिएको नेपाल मास्क अभियान अन्तर्गत “तपाई को मास्क खै” कार्यक्रम सञ्चालन गरिएको हो ।

तपाईँको मास्क खै ? अभियानमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का, धनगढी उप-महानगरपालिका का नगर प्रमुख नृप बहादुर वड, सामाजिक मन्त्रालयका सचिव, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विश्व अधिकारी लगायत सम्पूर्ण प्रहरी कर्मचारी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वीरेन्द्र बोहरा सँगै सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारी, अन्य सुरक्षा निकायका प्रमुखहरू समाजसेवी, पत्रकार लगायत २०० जनाको सहभागिता रहेको थियो ।

“तपाईँको मास्क खै” कार्यक्रमको ब्यानर सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई प्रमुख अतिथि ज्युबाट लगाई कार्यक्रमको शुभारम्भ गरी ट्राफिक चौराहा देखि पार्क मोड सम्म पैदल मार्च र्यालिको आयोजना गरिएको । यो अभियान धनगढी बजार लगायत सम्पूर्ण कैलाली जिल्ला भरि नै लागु गरिएको र सो अवसरमा ५०० थान मास्क समेत सर्वसाधारणलाई वितरण गरिएको छ भने आज देखि कैलाली जिल्ला भरि कार्यरत सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीहरूले “तपाई को मास्क खै” कार्यक्रमको ब्यानर नियमित डिउटीमा लगाउने गरी लागु गरिएको छ ।

यसका साथै सार्वजनिक स्थानमा मास्क नगाइएको पाइएमा नागरिकहरू लाई सम्झाई बुझाई गर्ने र कारबाही समेत गरिने जानकारी गराइएको छ ।

प्रहरी प्रमुख अधिकारीको कमान्डमा आयोजित ‘तपाईँको मास्क खै ?’ कार्यक्रमका केही झलकहरू तस्बिरमा जस्ताको त्यस्तै…

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार