फोटो पत्रकार महासङ्घ कैलालीद्वारा विश्व फोटोग्राफी दिवसको अवसरमा मास्क वितरण ! [फोटो समाचार]

तेस्रो लहरको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणको लागि मास्क वितरण

फोटो पत्रकार महासङ्घ कैलालीद्वारा विश्व फोटोग्राफी दिवसको अवसरमा मास्क वितरण

धनगढी: नेपाल फोटो पत्रकार महासङ्घ कैलाली शाखाले १८२ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा मास्क वितरण गरेको छ ।

तेस्रो लहरको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणको लागि फोटो पत्रकार महासङ्घ कैलाली शाखाका क्रियाशिल सदस्यहरूको उपस्थितिमा महासङ्घले मास्क वितरण गरेको हो ।

No description available.

जोखिम न्यूनीकरणका लागि महासङ्घ द्वारा आयोजित मास्क वितरण अभियानलाई नेपाली काङ्ग्रेसकी नेतृ डा. आरजु राणा देउवाले मास्क सहयोग गरेकी थिइन् ।

No description available.

मास्क वितरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल, प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा तथा नेपाल फोटो पत्रकार महासङ्घ कैलालीका सदस्यहरूको उपस्थिति रहेको थियो ।

No description available.
मास्क वितरण कार्यक्रमको उद्घाटनमा प्रदेश अध्यक्ष रावलले १८२ औँ विश्व फोटोग्राफी दिवसको शुभकामना व्यक्त गर्दै महामारी बढी रहेको समयमा निःशुल्क मास्क वितरण गर्नु उदाहरणीय कार्य भएको बताए । यस्तै महामारी बढिरहेको भन्दै पत्रकारहरूलाई सुरक्षा मापदण्ड अपनाएर रिपोर्टिङ गर्न समेत अध्यक्ष रावलले सुझाए ।

No description available.

फोटो पत्रकार र सुरक्षाकर्मीहरूको सहभागिता सर्वसाधारणलाई झन्डै एक हजार मास्क वितरण गरिएको थियो ।

No description available.

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार