कैलालीका ४६ हजार बढी व्यक्ति कोरोनाको दोस्रो डोजको पर्खाइमा

#vaccinated_today
फाइल तस्बिर

धनगढी: कोभिड-१९ विरूद्धको पहिलो मात्रा लगाएका कैलालीका ४६ हजार २ सय १७ व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन्। सरकारले भारतबाट प्राप्त कोभिसिल्ड, चीनबाट प्राप्त भेरोसेल, अमेरिकाबाट प्राप्त जोन्सन एण्ड जोन्सन र जापानबाट प्राप्त एस्ट्राजेनेका खोप लगाउँदै आएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका कैलालीका खोप सुपरभाइजर प्रदीप जोशीका अनुसार जिल्लामा हालसम्म १ लाख ८ हजार ६ सय ५ जनाले कोभिड विरूद्धको खोप लगाएका छन्। जसमध्ये ६२ हजार ३ सय ८८ जनाले पहिलो र दोस्रो गरी दुवै डोज प्राप्त गरेका छन् भने ४६ हजार २ सय १७ जनाले पहिलापछि दोस्रो डोज खोप लगाउन पाएका छैनन्।

पहिलो र दोस्रो डोज गरी ४९ हजार ३ सय ६ जनाले कोभिडसिल्ड खोप लगाएका छन्। यस्तै, भेरोसिलको पनि पहिलो र दोस्रो गरी १३ हजार ८२ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्यांक छ।अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सन खोप ४६ हजार २ सय १७ जनालाई लगाइएको छ।

स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर प्रदीप जोशीले दोस्रो डोज खोपको पर्खाइमा रहेकाहरूलाई खोप दिने तयारी भइरहेको बताए। उनले भेरोसिलको पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो डोजको खोप भदौ ७ सोमबारदेखि लगाइने बताए। कैलालीमा ९ लाख जति जनसंख्या रहेको छ। १८ वर्षमाथिकालाई खोप लगाउने व्यवस्थाअनुरूप ७ देखि ८ लाख जना जतिलाई कोरोना विरूद्धको खोप लगाउने लक्ष्य रहेको खोप सुपरभाइजर जोशीले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार