आज देशैभर जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व मनाइँदै !

रक्षा बन्धनको उत्पत्तिका धार्मिक कारण

रक्षा बन्धन तथा जनै पूर्णिमाको शुभकामना

आज जनै पुर्णिमा अथवा रक्षा बन्धन । यो पर्व नेपालका साथ–साथै भारतमा पनि ठुलो उल्लासका साथ मनाइने गरिन्छ ।

नेपालमा जनै पूर्णिमा भनेर मनाइने यो पर्वमा पुरुषहरूले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर चोखो भएर मन्त्रिएको जनै लगाइन्छ ।

यसका साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर यो पर्व मनाइन्छ ।

त्यस्तै भारतमा यो पर्वमा दिदीबहिनीले आफ्ना दाजु–भाइको लामो आयु र हरेक विघ्न–बाधाबाट रक्षा होस् भनेर राखी बाँधिदिने चलन छ ।त्यसो त अचेल नेपालमा पनि भारतको यो संस्कृति भित्रिएको छ ।

आज हरेक दिदी–बहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्यको कामना गर्दै राखी बानिदिने चलन बढ्दै गएको छ । रक्षा बन्धनको चलन कसरी चल्यो अथवा रक्षा बन्धनको नाम कसरी रक्षा बन्धन रहन गयो भन्ने बारेमा अनेक प्रश्नहरू समय–समयमा उठ्ने गर्छ ।

पौराणिक कथाहरूको कुरा गर्नु पर्दा भविष्य पुराणमा इन्द्र र शचीको कथा छ भने श्रीमद्भागवत पुराणमा वामन र बालीको कथा छ । ती दुई कथाहरूमा कुन कथाको घटना अगाडि घटेको थियो भन्न कठिन छ ।

तर भविष्य पुराणमा लेखिएको कुरामा ध्यान दिने हो भने देवता र असुरहरू बिचमा जब युद्ध सुरु भयो । दैत्य देवताहरूमाथि भारी पर्न थाले ।

देवताहरू युद्धमा हार्न लागेको देखेर भगवान् इन्द्र हतारिँदै ऋषि बृहस्पति कहाँ गए ।

तब बृहस्पतिको सल्लाह अनुरूप इन्द्रकी श्रीमती शचीले रेशमको एउटा धागो मन्त्रको शक्तिले पवित्र गरेर आफ्ना श्रीमान्को हातमा बाँधिदीइन् ।

संयोगले त्यो दिन श्रावण पूर्णिमाको दिन थियो । मन्त्रिएको धागोका कारण देवताहरू युद्धमा विजयी भए । भनिन्छ, त्यही समयदेखि श्रीमतीतहरु श्रीमान् युद्धमा जाँदा जीतको कामना सहित उनीहरूको हातमा राखी बाँध्ने चलन चल्यो ।

त्यस्तै अर्को कथाको कुरा गर्नु पर्दा स्कद पुराण, पद्मपुराण र श्रीमद्भागवत पुराणहरू छन् । जसमा असुर राज दानवीर राजा बलीले देवताहरूसँग युद्धमा हराएर स्वर्गमा अधिकार जमाएका थिए ।

असुरराजको घमण्ड चरम सीमामा पुगेको थियो । असुरराजको अहङ्कार लाइ चकनाचुर बनाउनका लागि भगवान् विष्णुले अदितिको गर्भबाट वामन अवतार लिए र ब्राह्मण भेषमा राजा बली कहाँ भिक्षा मागे ।

राजा बली महान् दानवीर थिए । उनले ब्राह्मणलाई जे माग्छौ दिनेछु भनेर वाचा गरे । ब्राह्मण रुपी भगवान् विष्णुले बलिसँग भिक्षामा तीन पाइला भूमिको माग गरे । बलिले ब्राह्मणको मागलाई तुरुन्त हुन्छ भने ।

तर भगवान् विष्णुले आफ्नो विशालरुपमा प्रकट भएर दुई पाइलामा सम्पूर्ण आकाश, पाताल र धरती नापे । बाँकी एक पाइला कहाँ राख्ने भनेर भगवानले बलिलाई प्रश्न गरे । उनले आफ्नो शिर देखाउँदै तेस्रो पाइला राख्न अनुरोध गरे ।

बलिको यस्तो अनुरोध सुनेर भगवान् खुसी भए र उनलाई रसातलको राजा बनाएर अजर–अमर हुने वरदान दिए । राजा बलिले यो वरदान सँगै आफ्नो भक्तिको कारण देखाउँदै भगवानलाई दिनरात आफूसँगै बस्नु पर्ने वाचा पनि लिए ।

भगवान् विष्णुले आफूले लिएको वामनवतार त्यागेर पुनस् लक्ष्मी माता कहाँ जानु पर्ने थियो तर आफूले राजा बलिलाई गरेको वाचाका कारण बलिसँगै रसातलमा बस्नु पर्ने बाध्यता भयो ।

उता लक्ष्मी पनि भगवान् विष्णुको वाचाका कारण चिन्तित भएन । यस्तो स्थितिमा नारदमुनिले लक्ष्मीलाई एउटा उपाय बताए ।

नारदले बताए अनुरूप लक्ष्मीले राजा बलीलाई राखी बाँधेर आफ्नो दाइ बनाइन् र आफ्नो श्रीमान्लाई आफूसँग लिएर आइन् ।

संयोगले त्यो दिन श्रावण महिनाको पूर्णिमा तिथि थियो । त्यस समयदेखि नै रक्षा बन्धनको पर्व मनाउने प्रचलन भएको हो ।

आज पनि यदाकदा श्लोकहरू ती प्रसङ्गहरू सुन्न पाइन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार