दार्चुलाका धामीको न्यायका लागि सुदूरमा ९ हजार बढी हस्ताक्षर सङ्कलन

सुदूरपश्चिममा नौ हजार ५०० हस्ताक्षर सङ्कलन

जयसिंह धामी

कञ्चनपुर: महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा नौ हजार ५०० हस्ताक्षर सङ्कलन गरिएको छ। डडेल्धुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर सङ्कलन गरिएको जरोकिलो पाटीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले बताए।

“बेपत्ता धामीको शव खोज्नुपर्ने, घटनाको अनुसन्धान गरी जानकारी गराउनुपर्ने र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरेका हौँ,” उनले भने, “सङ्कलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँछौँ।” ड्रोन क्यामेराका सहयोगमा धामीको शव खोज्ने कार्य गरिए पनि फेला पार्न सकिएको छैन।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार