१४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न ओलीद्वारा अस्वीकार

केपि ओली

काठमाडौँ: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी नामको नयाँ पार्टी गठन गरे तापनि उक्त पार्टीमा नगएका नेपाल समूहका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी एकताका लागि तयार पारिएको १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् ।

स्थायी कमिटीका सदस्यहरू भीम रावल, घनश्याम भुसाललगायतका नेताहरूले शनिबार बालकोटस्थित ओली निवासमै पुगेर अध्यक्ष ओलीसँग यस्तो आग्रह गरेका हुन् ।

तर, अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न सकिने भए पनि पार्टी हितविपरीत काम गर्ने सांसदमाथि गरिएको कारबाही फिर्ता नहुने जवाफ फर्काएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार