करेन्ट लागेर बाजुरामा एक जनाको ज्यान गयो

करेन्ट लागेर ज्यान गयो
सांकेतिक तस्विर

बाजुरा: बाजुरामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। जिल्लाको जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा शनिबार बेलुकी करेन्ट लागेर अन्दाजी ५० वर्षीय पुर्णबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

पिलुचौरमा रहेको बड्डीगाड जलविद्युतको पावर हाउसमा मेसिनको जम्पर बदल्ने क्रममा करेन्ट लागेर  उनको मृत्यु भएको प्रहरी निरीक्षक धनदेव साउँदले बताए। करेन्ट लागेर बेहोस भएका विष्टलाई उपचारका क्रममा लैजादा बीच बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक साउँदले बताए।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार