कान्द्रा नदीले सडक कटान गरेपछि हुलाकी सडक अवरुद्ध

हुलाकी सडक अवरुद्ध

कान्द्रा नदीमा डुबेर दुई बालिकाको ज्यान गएको
फाइल तस्बिर

टीकापुर: कैलालीको भजनीमा हुलाकी सडक अवरुद्ध भएको छ । कान्द्रा नदीले सडक कटान गरेपछि सडक अवरुद्ध बनेको हो ।

भजनी नगरपालिका–५ का वडाध्यक्ष केशव बुढाले करिब सय मिटर सडक नदीले कटान गरेको बताए । उनले भने, ‘सडक कटानमा परेपछि सवारीसाधन आवतजावत हुन सकेको छैन । स्थानीयलाई आवतजावतमा समेत समस्या छ ।’

वडाध्यक्ष बुढाका अनुसार कान्द्रा नदीमा पानीको सतह बढेपछि हुलाकी सडक बगाएको हो । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय तथा भजनी नगरपालिकाले २०७४ मा बनाएको तटबन्ध बगेको छ । गत वर्ष पनि सडकको केही भाग कटान भएको थियो ।

यो वर्ष झन्डै सय मिटर सडक बगाएको छ । वर्षाको समय अझै समाप्त भइनसकेकाले नदीले अझै सडक कटान गर्ने खतरा रहेको छ । सडक मर्मतका लागि आफूले नगरपालिकामा पहल गरेको र नगरपालिकामा मर्मतका लागि रकम नभएको जवाफ दिएको वडाध्यक्ष बुढाले बताए । हरेक वर्ष कान्द्रा नदीले धार परिवर्तन गरेर कटान गर्दै आएको स्थानीय बताउँछन् ।

उनीहरूका अनुसार समयमा नदी नियन्त्रणको काम नभए सडक मात्र नभई स्थानीयका घरखेत पनि बगाउने खतरा छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार