बोलन्या थलीका संयोजक जोशीको रक्षा बन्धन मुस्लिम समुदायका दिदी-बहिनी सँग

मुस्लिम समुदायका दिदीबहिनीबाट रक्षा बन्धन ग्रहण

बोलन्या थलीका संयोजक जोशीले लगाए मुस्लिम समुदायका दिदी-बहिनीबाट

धनगढी : बोलन्या थलीका संयोजक यादव जोशीले मुस्लिम समुदायका दिदीबहिनीबाट रक्षा बन्धन ग्रहण गरेका छन् । आज परेको रक्षा बन्धनको अवसरमा उनले धनगढी उप-महानगरपालिका १ मा बसोबास गर्दै आई रहेका सबिना बानो र फर्जना खानको घरमा गई रक्षा बन्धन लगाएका हुन् ।

जोशी ब्राह्मण परिवारमा जन्मे पनि आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवर्द्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्त्वपूर्ण योगदान दिनको लागि आफूले मुस्लिम समुदायसँग रक्षा बन्धन मनाएको बताए ।

‘संस्कृति र धार्मिक अतिवादीले राष्ट्र बाधको सही र आवश्यक मार्ग निर्धारण गर्ने होइन’,उनले भने सद्भाव र सहिष्णु भावनाले परमात्माको सन्निकट लग्छ ।’

सो समुदायमा रक्षा बन्धन मनाउनमा सहयोग गरिदिने मुस्लिम समुदायका अगुवा शेख मुनिरलाई समेत उनले धन्यावाद ज्ञापन गरे । जोशीले यस अघि पनि समाजमा जातीय छुवाछुतको प्रथा कायमै रहेको र त्यसको अन्त्यका लागि सन्देश दिन दलित बस्तीमा तिहार मनाएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार