प्रधानमन्त्री देउवा र भाजपा नेताबीच भेटवार्ता

चार दिने अनौपचारिक भ्रमणका लागि भाजपा नेता नेपालमा

प्रधानमन्त्री देउवा र भाजपा नेताबीच भेटवार्ता

काठमाडौ‌‌ । प्रधानमन्त्री तथा कांग्रेस सभापत शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा) का नेता विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । आइतबार बालुवाटारमा भएकाे भेटमा चौथाइवालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले‍ पठाएको सन्देश सुनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ट्विटरमार्फत चौथाइवालेले आफू र देउवाबीच दुई पार्टीबीचकाे सम्बन्धलाई थब बलियाे बनाउने सहमति भएकाे जनाएका छन् ।

भाजपाकाे विदेश विभाग प्रमुखसमेत रहेका उनी नेपाली कांग्रेसको निमन्त्रणामा चार दिने अनौपचारिक भ्रमणका लागि नेपाल आएका हुन् ।

नेपाल रहँदा उनले विभिन्न दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने बताइएकाे छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार