माओवादी केन्द्रको सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी डडेल्धुराका खगराज भट्टलाई

खगराज भट्ट

धनगढी: नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ। सुदूरपश्चिम प्रदेश इन्चार्जमामा डडेल्धुराका खगराज भट्टलाई जिम्मेवारी दिएको छ ।

यस्तै प्रदेश २ मा गणेश साह, वागमती हितमान शाक्य, गण्डकी हितराज पाण्डे, लुम्बिनी चक्रपाणी खनाल र कर्णालीमा शक्तिबहादुर बस्नेत प्रदेशको जिम्मेवारी दिएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार जिल्ला समन्वय समितिका संयोजकहरू तोक्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइएको छ।

मन्त्रिपरिषद् विस्तारको सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले माधवकुमार नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता प्रक्रिया पूरा भइसकेपछि मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार