पहिलो खेलमा नै लुकाकुको गोल, आर्सनलको १२८ वर्षपछिकै खराब सुरुवात

पहिलो खेलमा नै लुकाकुको गोल, आर्सनलको १२८ वर्षपछिकै खराब सुरुवात

दोस्रो पटक चेल्सीका लागि डेब्यू गरेका रोमेलु लुकाकुले गोल गर्दा आर्सनल २–० ले पराजित भएको छ । खेलको १५ औँ मिनेटमा नै गोल गर्दै लुकाकुले थोमस टुकलको टोलीलाई अग्रता दिलाएका थिए ।

लुकाकु हालै मात्र ९.८ करोड पाउन्डमा इन्टर मिलानबाट चेल्सी फर्किएका हुन् । यसअघि सन् २०११ मा लुकाकु चेल्सी भित्रिएका थिए । तर क्लबले उनलाई त्यतिबेला बेचेको थियो ।

खेलको दोस्रो हाफमा रिस जेम्सले अर्को गोल थप्दै आर्सनलको जीत सुनिश्चित गरे । पराजयसँग आर्सनल पुछारबाट दोस्रो स्थानमा रहेको छ । आर्सनलभन्दा तल गोलअन्तरका आधारमा नर्विच मात्र रहेको छ । आर्सनलसहित पाँच टोलीले हालसम्म लिगमा अंक बटुल्न सकेका छैनन् ।

११८ सिजन र १२८ वर्षपछि लिग प्रतियागितामा आर्सनलको योसबैभन्दा खराब सुरुवात हो । पहिलो खेलमा आर्सनल ब्रेन्डफोर्डसँग २–० गोलले नै स्तब्ध बनेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार