‘माधव नेपाल गद्दार हुन्’ : पूर्वमन्त्री नारदमुनी राना

'माधव नेपालको हालत सिपी मैनाली भन्दा खराब हुन्छ'

नारदमुनी राना
धनगढी: नेकपा एमाले सुदूरपश्चिमका सह-इन्चार्ज नारदमुनी रानाले नेता माधव कुमार नेपाललाई गद्दारको संज्ञा दिएका छन् । अत्तरियामा आज सम्पन्न नेकपा एमालेको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले जनता र पार्टीलाई ठुलो धोका दिएकाले गद्दारको संज्ञा दिएका हुन् ।
सङ्घीय सरकारका पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका प्रतिनिधि सभा सांसद रानाले अब माधव नेपालको अवस्था सिपी मैनालीको भन्दा पनि खराब हुने बताए ।
माधव नेपालको अवस्था अब सिपी मैनाली भन्दा पनि खराब हुन्छ’ नेपालको भविष्यवाणी गर्दै उनले भने ‘माधवले जनतालाई र पार्टीलाई ठुलो धोका दिएका छन् , आफू सूर्य चुनाव चिन्ह्रबाट निर्वाचित भएका माधव नेपालले रुखमा भोट हाल्ने उनी गद्दार हुन्’ ।
रानाले नेकपा विभाजन गर्न लागेकाहरूले नै एमाले विभाजन गरेको आरोप लगाएका छन् । एमाले कब्जा गर्ने रणनीति थियो त्यो पुरा नभएपछि पार्टी विभाजन गरेका हुन् । ‘जनताले सबै थाहा पाएका छन् । पद नपाएर पार्टी विभाजन गर्नेहरूको पछि कोही लाग्ने छैनन्’ रानाले भने ।
रानाले वर्तमान सरकार परमादेशले तयार भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिले सम्मकै कमजोर प्रधानमन्त्री भएको रानाले बताए ।
उनले भारतको कम्फरटेबल सरकार भएको हुँदा दार्चुलामा तुइन चुटाएर बेपत्ता भएको विषयमा सरकार मौन रहेको समेत आरोप लगाएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार