लागूऔषधसहित कञ्चनपुरमा एक जना पक्राउ

खैरो हिरोइन सहित एक जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुर: कञ्चनपुरमा लागूऔषध खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन्। आइतबार करिब १० बजेको भीमदत्त नगरपालिका वडा नम्बर १६ मझगाउँ बाह्रसिङगे चौराहस्थित शंकास्पद रुपमा उभिरहेका अवस्थामा सोही ठाउँका अन्दाजी २२ वर्षीय उमेश ठगुन्नालाई पक्राउ परेका हुन्।

प्रहरीले उनको साथबाट २.०६ ग्राम लागूऔषध खैरो हिरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पक्राउ परेका ठगुन्नामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार