स्प्रीङ रोल बनाउने तरिका

स्प्रीङ रोल

 एक प्लेटको लागि-आवश्यक सामग्री :

चाउमिन – आधा प्लेट तयारी

मैदा– २५ ग्राम

कन्फ्लावरको धूलो– ३ चम्चा (सानो चम्चाको)

अण्डा– १ दाना

पानी – ३०० मि.ली.

तेल– ५०० मि.ली.

बनाउने विधि :

-एउटा बाटामा मैदा, दुई चम्चा कन्फ्लावर, अण्डा र पानी राखेर राम्ररी फिट्ने, ताकी डल्ला नरहोस् ।

-फ्राईप्यान चुलोमा बसाली एक चम्चा तेल राखी सबैतिर भिजाउने । फ्राईप्यान भरीको रोटी बनाउने । पाकेपछि टेबुलमा कन्फ्लावरको धूलो छरेर रोटी टेबुलमा राख्ने ।

– रोटीलाई ठीक बीचमा चिरेर दुई टुक्रा बनाउने र तयार गरेको चाउमिन रोटी माथि बराबरी राख्ने र रोल गर्ने ।

-छेउ छेउमा अघि फिटेको झोलले नै लेप गरी टाँस्ने ।

-फ्राईप्यानमा आधा लिटर तेल राख्ने र रोललाई कम आँचमा पकाउने । १० मिनेट पकाएपछि यो रातो हुन्छ र स्प्रीङ्ग रोल तयार हुन्छ ।

-यसलाई झिकेर प्लेटमा राखी तीन टुक्रा बनाउने । अर्काे प्लेटमा सलाद राख्ने र माथिबाट बन्दाको भुजुरी छरिदिए पछि यो खानको लागि तयार हुन्छ । आजकाल बजारमा स्प्रीङ्गरोलको तयारी पत्ताहरू पाइन्छ । आफै बनाएको शुद्ध र ताजा हुन्छ ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार