इंग्लीश प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाईटेडले लेष्टर सिटीलाई ४–१ ले हरायो

प्रिमियर लिगमा वेष्ट ह्यामद्धारा लेष्टर सिटी फराकिलाे अन्तरले पराजित

इंग्लीश प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाईटेडले लेष्टर सिटीलाई ४–१ ले हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा वेष्ट ह्यामलाई विजयी गराउन मिचेल एन्टोनियोले दुई गोल गर्दा पाब्लो फोर्नाल्स र साइद बेन्राहमाले एक एक गोल थपे ।

पराजित टोली लेष्टर सिटीका युरी टिलेमन्सले एक गोल गरेका थिए । खेलको ४० औं मिनेटमै अयोजे पेरेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० जनामा समेटिएको लेष्टर सिटी दबाबमा आएको थियो ।

यो खेलमा दुई गोल गर्न सफल एन्टोनियोले वेष्ट ह्यामका लागि सर्वाधिक ४९ गोल गर्ने किर्तीमान बनाएका छन् । यसअघि इटालीयन खेलाडी पाउलो डि क्यानियोको नाममा ४७ गोलको किर्तीमान रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार