एकदिवसीय त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमान प्रस्थान

एकदिवसीय त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमान प्रस्थान

त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान गएको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली आज बिहान सलाम एयरबाट मस्कट प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय श्रृङ्खला भदौ २८ देखि असोज ४ गतेसम्म हुनेछ ।

श्रृङ्खलाअघि नेपालले पपुवा न्युगिनीसँग भदौ २० र २३ गते दुई वटा एक दिवसीय खेल्नेछ । विश्व क्रिकेट लिग–२  अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार