ट्रकको ठक्करबाट कैलालीमा एक पैदल यात्रीको घटना स्थलमै मृत्यु

ट्रक र चालक नियन्त्रणमा

घटना स्थलमै मृत्यु

धनगढी: कैलालीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मंगलबार जिल्लाको गौरिगंगा नगरपालिका ४ का ४० बर्षका मानसिहँ गुर्धामीको ट्रकको ठक्करबाट घटना स्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरिक्षक गणेशराज उप्रेतीले जानकारी दिए ।

उनका अनुसार पुर्वबाट पश्चिमतर्फ आईरहेको उदयपुर हर्जेनी गाँउपालिका ३ बस्ने ३८ बर्षका टेकराज खत्रीले चलाएको ग १ ख ६४४१ नम्बरको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जनाएको छ ।

अहिले ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक घटनाबारे अनुसन्धान गरिरहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार