काठमाडौं प्रशासनले सोध्यो माधव समूह बसेको चन्द्रगिरि रिसोर्टलाई स्पष्टीकरण

चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण

chandragirihillsresort

काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौंले चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ ।

निषेधाज्ञाको समयमा रिसोर्टमा भीडभाड बढेको भन्ने सूचना आएपछि सोबारे जानकारी लिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइनखबरलाई जानकारी दिए ।

‘रिसोर्टमा भीडभाड भएको छ भन्ने गुनासो आयो । रिसोर्ट प्रशासनसँग सम्पर्क गरेर यथार्थ के हो भन्नेबारे जानकारी लिएका हौं,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड पालना गरिएको र क्वारेन्टिनका लागि अनुमति लिएको जवाफ रिसोर्ट प्रशासनले दिएको छ ।’

रिसोर्टमा सोमबारदेखि नै नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको लागि निवेदन दिएका माधवकुमार नेपाल समूहका नेताहरु बसेका छन् । बुधबार बिहानसम्म नेपाल समूहका नेताहरु सोही रिसोर्टमा बस्ने कार्यक्रम तय भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार