कक्षा १२ को परीक्षा सबै विद्यार्थीले खोप लगाएलगत्तै शुरू हुने

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिने तयारी

राष्ट्रीय परिक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले कोभिड सङ्क्रमणको जोखिम रहेको भन्दै स्थगित गरेको कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिने तयारी गरेको छ ।

परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले परीक्षा दिने विद्यार्थीलाई खोप लगाई सके लगत्तै १५ दिनअघि सूचना प्रकाशित गरी परीक्षा सञ्चालन गरिने बताउनुभयो ।

सबै विद्यार्थीले खोप लगाए लगत्तै भौतिक उपस्थितिमै स्वास्थ्य मन्त्रालयको सल्लाहका आधारमा दसैँअघि नै वा दसैँलगत्तै पछि परीक्षा लिने तयारी गरेका उहाँले बताउनुभयो ।

उहाँले अहिले सबै जिल्लामा परिपत्र गरेर कक्षा १२ को परीक्षा दिने विद्यार्थी पहिचान गरी खोप लगाउने व्यवस्था भइरहेको जानकारी पनि दिनुभयो ।

सरकारले परीक्षामा सहभागी सबै विद्यार्थीलाई प्रवेश पत्रको आधारमा खोप लगाउने निर्णय गरेर विभिन्न खोप केन्द्रमा खोप लगाउने व्यवस्था गरेको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले परीक्षा स्थगित गरेकोमा आपत्ति जनाई सबै परीक्षार्थीलाई खोपको व्यवस्था गरी भौतिक उपस्थितिमै तत्काल परीक्षा लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो ।

त्यस लगत्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ का परीक्षार्र्थीलाई खोप लगाउने निर्णय गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण पुन बढ्दै गएको उल्लेख गर्दै सबै तहको परीक्षा स्थगित गर्न सीसीएमसीलाई प्रस्ताव गरेपछि सोही प्रस्तावका आधारमा सीसीएमसीले बोर्डलाई परीक्षाको मिति पछि सार्न निर्देशन दिएको थियो ।

साउन ३१ गते देखि भदौ ९ सम्म हुने गरी तोकिएको परीक्षा सोही निर्देशन बमोजिम रोकिएर बढेको अन्यौलतासँगै तयारीमा बसेका ३ लाख ७४ हजार विद्यार्थीको उच्च शिक्षा अध्ययनमा समस्या भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार